Write For Us

全民動起來 (尼泊爾字幕):滾軸溜冰 / (Nepali) रोलर स्केटिङ

E-Commerce Solutions SEO Solutions Marketing Solutions
104 Views
Published
(Nepali)

सारांश:

रोलर स्केटिङ्ग १९८० को दशकमा मनोरञ्जनात्मक खेल र जीवनशैलीको रुपमा निकै प्रचलित थियो। १९९० को दशकको मध्य र अन्तिममा, इन्लाइन रोलर स्केटीङ्गले लोकप्रियता हासिल गर्न सुरु गर्यो। स्केट गर्न सजिलो हुने उपकरणको कारणले, यो खेल युरोप र अमेरिकामा निकै लोकप्रिय बनेको छ, र एउटा व्यवसायिक खेलको रुपमा पनि स्थापित भएको छ।

रोलर स्केटिङ्गको विभिन्न किसिमका खेलहरु छन् - स्पिड स्केटिंग, आर्टिस्टिक रोलर स्केटिङ्ग, फ्रीस्टाइल स्केटिङ्ग, इन्लाइन हकी र रिंक हकी। अहिले विश्वभरि थुप्रै प्रतियोगितामा समावेश गरिने स्पिड स्केटिङ्गको, आफ्नै छुट्टै प्रतियोगिताहरुमा समेत हुने गर्दछ।



सबैका लागि प्रशिक्षक: एन्जी वङ

एक अवकास प्राप्त स्थानिय रोलर स्केटिङ्ग कर्ता, एन्जी वाङ्गले आठ वर्षको कलिलो उमेरमा पहिलो पटक स्केटिङ्ग गरे देखि नै यो खेलको प्रेमी बनेकी थिईन्। वास्तवमा, उनको आमालाई पनि यो खेलमा निकै रुचि थियो तर स्केट गर्ने मौका पाईनन्। मौका आउने बितिकै, उनले आफ्नी छोरी एन्जीलाई प्रयत्न गर्नको लागि प्रोत्साहन दिईन्। सुरु सुरुमा एन्जी हिच्किचाएकी थिईन्, तर पनि एकचोटी रिंकमा गएपछि चार घण्टासम्म स्केटिङ्ग गरिरहिन्।

त्यसपछि, एन्जी नियमित अभ्यासको लागि जाने गर्थिन् । भिक्टोरिया पार्कमा रहेको स्केटिङ्ग गर्ने रिंक उनको दोश्रो घर बनेको थियो। त्यहाँ उनले आफु जस्तै थुप्रै साथीहरु भेट्नुका साथै धेरै विधार्थीहरुलाई प्रशिक्षण समेत दिईन्। सुरुमा उनी आर्टिस्टिक रोलर स्केटिङ्गमा केन्द्रित भईन, तर पछि गएर स्पिड स्केटिङ्ग रोजिन्।



सन् २००१ मा भएको राष्ट्रिय चिनिया प्रतियोगितामा हासिल गरेको दोस्रो स्थान एन्जीको सबैभन्दा महत्वपुर्ण जित हो। पछि गएर, आफ्नै राम्रोको लागि रोलर स्केटिङ एरिना छोड्ने निचो गरिन्, र अवकाश लिएर अष्ट्रेलियामा पढिन्। अप्रत्याशित रुपमा, उनकी सानी बहिनीको नाम र विशिष्ट प्रदर्शनीले उनलाई स्केटिङ्ग पुन: सुरु गर्न प्रेरित गर्यो, र उनी रोलर स्केटिङ्गको जगतमा फर्केर आईन्। अहिले उनी प्रशिक्षक र निर्णायक बन्नमा आफुलाई समर्पित गरेकी छिन्, साथै रोलर स्केटिङ्गको सम्वर्धनको लागि पनि काम गर्छिन्। उनले प्राय: विभिन्न क्षेत्रका खेलाडीहरुलाई विश्वको विभिन्न प्रतियोगिताहरुमा समावेश गराउछिन्।







सबैका लागि खेलाडी:

चारमाईन, जामी, माइक, मार्टिन, रिचर्ड, टिनग्की, विङ



हङकङमा, प्राय: जसो बच्चाहरु र युवाहरु रोलर स्केटिङ्ग सिक्दछ्न्। तर यसपाली, हामीले वयस्कहरुलाई प्रशिक्षण दिनेछौं जो अभिभावक पनि हुन्!



उनीहरु सबै ३० वर्षभन्दा माथिका हुन्। अभिभावक भएको नाताले, उनीहरुले दैनिक जीवन, परिवार र कामको कारण कठिन जिम्मेदारी वहन गर्नु पर्दछ। आफ्नो अधिकतम समय र उर्जा बच्चाको हेरविचारमा लगाउने भएकोले, उनीहरु संग शारीरिक व्यायामको लागि थोरै मात्र समय हुन्छ। तर यी अभिभावकहरुले आफ्ना परिवारलाई केहि क्षणको लागि पछाडी छाडेर नयाँ खेल सिक्ने चुनौती स्वीकार गर्ने निर्णय गरेका छन्।



यिनका चुनौतीहरुमध्ये प्रथम हो स्पिड स्केटिङ्ग जसमा तिव्र गति नै जितको मूल हो, र अर्को हो अवरोध पथ जसमा सामान्य सिपको आवश्यकता पर्दछ। अन्तत: हामी यो हेर्नेछौं कि उनीहरुले कठिन शैली पर्ने फ्रीस्टाइल रोलर स्केटिङ्ग रेसमा प्रतिस्पर्धा गर्न सक्षम छन् या छैनन्।





प्रसारण सुचना:

21-10-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

24-10-2019, बिहिवार, 0630-0700

25-10-2019, शुक्रबार, 1030-1100



滾軸溜冰曾經在80年代風靡一時,既是消閒運動,也是潮流。到了90年代中後期,單線(單排)滾軸溜冰開始流行,經過改良的器材亦使人更易掌握,令單線滾軸溜冰在歐美等地盛行,甚至發展出專業運動比賽。



與滾軸溜冰有關的運動大致分為幾類,包括速度滾軸溜冰、藝術滾軸溜冰、自由式輪滑、單線曲棍球及滾軸溜冰曲棍球等等。速度滾軸溜冰在世界不少地區已成為運動會比賽項目,亦有專門的比賽。



全民教練:王家芸(Angie)

Angie是香港退役的滾軸溜冰選手,8歲時第一次試玩滾軸溜冰便愛上。其實,Angie的媽媽很喜歡滾軸溜冰,可惜沒機會玩,在一次機緣巧合下,便鼓勵Angie去玩。起初Angie並不願意,但一下玩便玩了整整4個小時。



後來,Angie幾乎天天都自己去練習,維園的滾軸溜冰場基本上是她的另一個家。在那裏,她認識了不少志同道合的朋友,後來也訓練過不少學生。她初時專注於藝術滾軸溜冰,後來才轉玩速度賽。



Angie的最佳成績是在2001年奪得中國全國賽的亞軍。後來,她因負笈澳洲而退役,並打算從此退出滾軸溜冰界。Angie沒想到妹妹在滾軸溜冰比賽上也闖出名堂,屢獲佳績,不禁技癢起來,最終也重投滾軸溜冰的懷抱。現時Angie主要擔任教練和裁判的工作,並積極推廣滾軸溜冰,經常帶領各地選手到不同地方比賽。





全民運動員:Charmaigne、Jamie、Mike、Martin、Richard、Tingki、Wing

在香港,學習滾軸溜冰的多為兒童與青少年。這次,我們的訓練對象卻是一群已為人父母的成年人!



他們都年過三十,身為家長,生活、家庭及工作壓力非常沉重。他們大部分的精神時間都花在小朋友身上,可以花在運動上的時間簡直少之又少。幾位父母卻決定接受挑戰,暫時放下家庭,穿上溜冰鞋,嘗試學習一項新運動。



挑戰目標包括以速度取勝的速度賽,以及要掌握簡單花式技巧的障礙賽,最終再看看大家能否應付技巧複雜的平地花式賽。



播映日期:

21-10-2019, 星期一, 1730-1800

(重播)

24-10-2019, 星期四, 0630-0700

25-10-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment