Write For Us

全民動起來 (尼泊爾字幕):韻律泳 I / (Nepali) सिन्क्रोनाईज्ड पौडी I

E-Commerce Solutions SEO Solutions Marketing Solutions
93 Views
Published
(Nepali)

सारांश:

सिङ्क्रोनाइज्ड स्विमिङ (पौडी)को उल्लेख गर्दा मानिसहरुले ओलम्पिक खेल र पानीमा नमेटिने मेकअप मात्र सम्झिन्छन्। वास्तवमा, सन् १९८४ को ओलम्पिक्स खेलमा सिङ्क्रोनाइज्ड स्विमिङलाई महिलापट्टिको खेलका रुपमा राखिएको थियो, जसमा एकल, युगल र सामुहिल गरेर तीनवटा हिस्सा थिए।

साथै, सन् २०१५को फिना वर्ल्ड च्याम्पियनशिप्समा पहिलो पटक मिश्रित सिङ्क्रोनाइज्ड स्विमिङ कार्यक्रम राखियो, यद्यपि कुनै पुरुषले ओलम्पिक्स खेलमा सिङ्क्रोनाइज्ड स्विमिङमा भाग लिएको छैन।



सिङ्क्रोनाइज्ड स्विमिङ भनेको पानीमा खेलिने यस्तो खेल हो जसले संगीत, शारीरिक व्यायाम, नाच र पौडीका चालहरु समावेश गर्दछ। यसलाई 'वाटर ब्याले' पनि भनिन्छ। खेलाडीहरुले संगीतको लयसंगै बोक्ने, घुम्ने, मोड्ने र सिधा हुने जस्ता अभ्यासहरु गर्दै एक आपसमा राम्रो सहकार्य र तालमेल बनाउनुका साथ शारीरिक क्षमता, गति, बल, लचकता र चपलताको प्रमाण दिनु पर्ने हुन्छ। प्रतियोगिताहरुमा, खेलाडीहरुको चाल र कलात्मक शैलीलाई निर्णायकहरुले अंक दिने गर्छन्।



सबैका लागि प्रशिक्षक: रोजिता से (हंगकंग सिङ्क्रोनाइज्ड स्विमिङ समूहका प्रशिक्षक)



रोजिता से बाल्यकालदेखि नै पौडीमा अब्बल थिईन् र १४ वर्षको उमेरमा सिङ्क्रोनाइज्ड स्विमिङसंग परिचित भए देखि यो खेलसंग संलग्न छिन्। १६ वर्षको उमेरमा उनले हंगकंगको प्रतिनिधित्व गर्दै अमेरिकामा भएको देशव्यापी प्रतियोगिताको एकल प्रस्तुतिमा पहिलो पटक भाग लिएकी थिईन्, जसपश्चात २४ वर्षको उमेरमा उनी हंगकंग सिङ्क्रोनाइज्ड स्विमिङ समूहका प्रशिक्षक समेत बनिन्। सन् २००२मा उनले बुसान एसियन गेम्समा अन्तिम पटक खेलाडीको रुपमा भाग लिईन् र युगल खेल पट्टी छैठौं स्थान हात पारिन्। १२ वर्ष पछि, उनले हंगकंग सिङ्क्रोनाइज्ड स्विमिङ समूहको नेतृत्व गर्दै ईन्च्योन एसियन गेम्समा गईन् र फेरी पनि छैठौं स्थान हासिल गरिन्, जसमा उनको समूहको प्रयास राम्रो संग देखिन्थ्यो। रोजित से भन्छिन् कि सिङ्क्रोनाइज्ड स्विमिङ यस्तो खेल हो जुन सिक्न र त्यसमा अब्बल बन्न निकै कठिन छ किनभने केवल एउटा चाललाई राम्रो ढङ्गले गर्नका लागि हजारौं पटक प्रयास गर्नु पर्ने हुन्छ। आफ्नो व्यक्तिगत अनुभव र मनोबल द्वारा, उनी सिङ्क्रोनाइज्ड स्विमिङमा हंगकंग समूहलाई नयाँ उँचाईमा लाने सोच राख्छिन्। यो पटक, उनी आठजना वयस्कको एक समूहलाई सिङ्क्रोनाइज्ड स्विमिङको तालिम दिने प्रयास गर्नेछिन्, जुन उनको प्रशिक्षक पेशाको लागि ठुलो चुनौती हुनेछ।



सबैका लागि खेलाडी:

महिला: मे, चोइ-हुङ, सिउ-हिङ, हा

पुरुष: मिस्टर क्वोक (मे का श्रीमान), याव-पून(पींक प्यान्थर), ब्रदर हो, चुङ-विङ

सिङ्क्रोनाइज्ड स्विमिङले सौन्दर्यलाई विशेष महत्व दिन्छ, तसर्थ, यसमा प्राय: खेलाडीहरु जवान महिलाहरु हुन्छन्। तर, यस भागमा हाम्रा दावेदारहरु ६० देखि ८४ वर्षसम्मका वृद्धहरु छन्। उनीहरु सबैजना क्लियर वाटर बे मा जाडो महिनाका नियमित पौडीबाजहरु हुन्, र धेरै दशकदेखि मौसम खराब हुँदा समेत दैनिकी रुपमा समुन्द्रमा पौडी खेल्दै आएका छन्। “वृद्धहरुमा योग्यताको प्रमाण दिन”को लागि उनीहरु मानिसहरुले दिने अफ्ठ्यारो हेराइलाई नजरअन्दाज गर्दै सिङ्क्रोनाइज्ड स्विमिङको तालिम र चुनौती स्वीकार गरेका छन्, साथै सिङ्क्रोनाइज्ड स्विमिङको पाँच आधारभुत चालहरु एक पछि अर्को गर्दै र अन्तिम चुनौति: चार जनाको समुहमा सङ्गितको साथमा सिङ्क्रोनाइज्ड स्विमिङको चालहरुको एक सङ्ग्रह पुरा गर्नु।





प्रसारण सुचना:

11-11-2019, सोमबार, 1730-1800



(पुन: प्रसारण)

14-11-2019, बिहिवार, 0630-0700

15-11-2019, शुक्रबार, 1030-1100





談到韻律泳,大家也許只聯想到4年一次的奧運和入水不溶的妝容。其實韻律泳在1984年洛杉磯奧運被列為女子比賽項目,並設有單人、雙人及團體項目。在2015年世界游泳錦標賽中,首次舉辦男女混合賽,但奧運至今仍未有男士出戰。

韻律泳又有『水上芭蕾舞』之稱,表演者必須在離地的水中做出許多托舉、旋轉、彎曲、倒立等動作。同一時間,亦要求隊員之間有高度默契和一致性,在音樂伴奏下顯示出各種力量、速度、耐力、柔韌和靈活性。作為比賽項目,評判會根據動作的難度分、藝術分、和完成分作評分標準。



全民教練:謝詠詩(香港韻律泳港隊教練)



自少精於游泳的謝詠詩,14歲接觸韻律泳後便不能自拔。16歲第一次代表香港出戰國際錦標賽,其後更以24歲之齡當上港隊教練。2002年是最後一次以運動員身份參加斧山亞運,並奪得雙人第六名。相隔12年,以教練身份帶領港隊出戰仁川亞運,奪得團體賽第六名,香港韻律泳隊,確實一直默默耕耘。現任香港韻律泳隊教練謝詠詩,希望繼續以自身的經驗和堅韌精神,帶領港隊在韻律泳壇更上一層樓。而今次亦是首次訓練一隊八人的老人韻律泳隊,可謂教練生涯上一次極大挑戰。



全民運動員:女子: May 姐、彩洪、少卿、霞姨

男子:郭生(May 姐老公)、友朋、何老大、仲榮



韻律泳向以美感見稱,選手多是年青女孩。本集的挑戰者竟是年齡62歲到84歲的公公婆婆,他們全部是清水灣冬泳好手,每天風雨不改到泳灘游水,多年來亦一直參與渡海泳,獲獎無數。為了証明自己仍然年青,遂懶理大眾稀奇的目光,逆齡挑戰婀娜多姿的韻律泳。游泳了得,原來只是取得學習韻律泳的入門票,一個簡單的韻律泳動作,可能要花上兩三年才能做得好。到底一班平均年齡超過73歲的公公婆婆,最終能否完成中期測試中的五個基本動作,包括背泳踢腳、水桶轉、頭行先搖櫓、水車輪及雙人圖案呢?大家拭目以待!



播映日期:

11-11-2019, 星期一, 1730-1800

(重播)

14-11-2019, 星期四, 0630-0700

15-11-2019, 星期五, 1030-1100
Category
예술 - Art
Sign in or sign up to post comments.
Be the first to comment